October 18, 2024 5:13 PM

अग्नि

 599.00

Categories: ,

Description

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकार र नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति हुन्, डा. नवराज लम्साल । रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग जोडिएको उनको लामो इतिहास छ । साहित्यकार हुनुको शिल्पले सञ्चारको क्षेत्रमा उनको उपस्थितिलाई जति अर्थपूर्ण र बहुविध बनाएको छ, सञ्चारको ज्ञान र शिल्पले साहित्य लेखनमा पनि त्यति नै तीव्र आलोचनात्मक चेत बढाएको पाइन्छ । निकै सुस्त र सेलाउनै लागेजस्तो नेपाली महाकाव्य विधालाई चलायमान बनाउने उनको यो योगदानलाई बौद्धिक, तार्किक र वस्तुनिष्ठ मानिन्छ ।

समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने, देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र, प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने सन्दर्भ डा. लम्सालका लेखनका खास विशेषता मानिन्छन् । कर्णमा सीमान्तकृत कर्णको नायकत्व, धर्रामा देशको बहुलता र बहुलतामै उठेको राष्ट्रिय चिन्तन तथा अग्निमा देखापरेको उच्च मानवतावाद उनीभित्र क्रमशः बढ्दै आएको लेखकीय उत्कर्ष मान्न सकिन्छ । अग्नि उनको लामो अध्ययन, अनुभव र अनुसन्धानको जगमा उभिएको निकै बौद्धिक र तार्किक तर भाषा र अभिव्यक्तिका हिसाबले कोमल र सम्पे्रष्य महाकाव्य हो ।

विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक तर्क र तथ्यसहित मानव मर्यादाका लागि यसमा गहिरो आग्रह गरिएको छ । पूर्वीय दर्शन र नेपाली इतिहासको पोयो समाएर वर्तमान समयको संवेदनालाई उनले कसिलोसँग पक्रेका छन् । कर्ण (महाकाव्य—२०६६) धर्रा (महाकाव्य—२०७३) का अतिरिक्त उनका अन्य ३ वटा कविता सङ्ग्रह र २ वटा गीत सङ्ग्रह प्रकाशित छन् । अग्नि उनको तेस्रो महाकाव्य तथा आठौँ कृति हो ।

Reviews

There are no reviews yet.

Be the first to review “अग्नि”

Your email address will not be published. Required fields are marked *