August 2, 2025 4:25 PM

चाणक्य: ऐतिहासिक उपन्यास

 425.00

Category:

Description

विश्व विजय गर्दै भारत आइपुगेका अलेजेण्डर उर्फ सिकन्दरको विशाल सेनालाई भारतवर्षबाट कसरी लखेटियो भन्ने बारेको गाथा छ । राज्य संचालकहरुले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको प्रष्ट मार्गदर्शन छ । चन्द्रगुप्त मौर्यको नेतृत्वमा मगध साम्राज्यको स्थापना कसरी गरियो भन्ने बारेमा रोचक इतिहास छ । करभिका नामकी नारी पात्रको अलौकिक सहास र त्यागको रोचक वर्णन छ । पेरिस विश्वविद्यालयबाट डी.लिट्.गरेका डा. सत्यकेतु विद्यालङ्कार (सन् १९०३-१९६४) गुरूकुल काँगडी विश्वविद्यालयका स्नातक हुन् । सोही विश्वविद्यालयमा उनी लामो समय भाइस चान्सलर रहे। उत्तर प्रदेश विधान परिषदका सदस्यसमेत रहिसकेका उनले पूर्वीय इतिहास र राजनीतिक विषयका ३६ भन्दा बढी कृति लेखेका छन् । मौर्य साम्राज्यको इतिहास, प्राचीन भारतको शासन-पद्धति र राजशास्त्र, प्राचीन भारतीय इतिहासको वैदिक युग, भारतीय संस्कृतिको विकास, चाणक्य आदि उनका प्रसिद्ध कृति हुन् । उत्तर प्रदेश सरकारद्वारा गोविन्दवल्लभ पन्त पुरस्कार, हिन्दी साहित्य सम्मेलद्वारा मंगलाप्रसाद पारितोषिक, मध्यप्रदेश सरकारद्वारा मोतीलाल नेहरु पुरस्कार आदिबाट सम्मानित उनी आफ्नो समयका विशिष्ट विद्वानका रुपमा परिचित थिए । पूर्वीय सभ्यताका अब्बलकोटिका नीतिज्ञ एवम् चिन्तक हुन् आचार्य विष्णुगुप्त चाणक्य । घोडाबाहेक छिटो यात्राको अर्को साधन नभएको त्यो युगमा उनले समुद्रदेखि हिमालयसम्मको सिङ्गो भारतवर्षमा एउटै राज्यको परिकल्पना गरी मौर्य वंशको पुनर्स्थापना गरेका थिए । विश्वका कयौँ भाषामा अनुवाद भइसकेको यो उपन्यास मूलतः विश्वविजय गर्दै भारत प्रवेश गरेका सिकन्दरलाई कसरी लखेटियो र थुप्रै प्रान्तीय राजाहरूको एउटै संघ कसरी बन्यो भन्ने कुराको सेरोफेरोमा केन्द्रित छ । चाणक्यको जीवनशैली, उनको कालजयी जीवन-दर्शन र त्यसबेलाको समाज बुझ्नका लागि कृति अति उपयोगी छ । एकै बसाइमा पढ्न सकिने यसका प्रत्येक पानाले पाठकलाई जीवन-उपयोगी सूत्र सिकाउँछन् ।

Reviews

There are no reviews yet.

Be the first to review “चाणक्य: ऐतिहासिक उपन्यास”

Your email address will not be published. Required fields are marked *