September 8, 2024 7:57 AM

यथार्थ महाभारत कथा (सरल नेपाली भाषामा )

 2,599.00

Categories: ,

Description

गुणस्तर जीवनका लागि पुस्तक
पढ्दै–रमाउँदै, सिक्दै–सिकाउँदै

सन्तनुप्रताप राणाद्धारा अनुवादित महाभारत कथा पुस्तकलाई मननराज पोखरेलले सम्पादन गर्नुभएको हो । बजारमा महाभारतका पात्र र प्रसङ्ग उल्लेखित थुप्रै पुस्तकहरु प्रकाशित भएपनि यथार्थ महाभारत कथा सरल नेपाली भाषामा उनिएको पुस्तक सम्भतः यो नै पहिलो हुन सक्छ । धेरै पाठकहरुलाई महाधारतको कथा बुझन् गाह्रो भएको अवस्थामा असाध्यै सरल तरिकाले सामान्य पाठकले पनि सजिलै बुझन् सक्ने भाषामा प्रस्तुत गरिएको यो पुस्तकलाई हार्ड कभर गरिएकोले जुगौँ सुरक्षित राखी भावी सन्ततीले समेत अध्ययन गर्न सक्ने खालको छ ।
कभर पेजमा अनुवादक लेख्नुहुन्छ…..
महाभारत आर्य इतिहासको सर्वमान्य ठूलो संस्कृत ग्रन्थ हो । यो गूढार्थ भएको ज्ञान-विज्ञानमय शास्त्र होः धर्मग्रन्ध होः राजनीतिक दर्शन हो । यतिमात्र नभई कर्मयोग-दर्शन, भक्तिशास्त्र, अध्यात्मशास्त्र र आर्यजातिको इतिहासका साथै सर्वार्थसाधक तथा सर्वशास्त्रसङ्ग्रह पनि हो ।
महाभारत एक वृक्ष हो । यसका स्वाद पवित्र, सरस एवं अविनाशी पुष्प तथा फल हुन्- धर्म र मोक्ष ।
महाभारतजस्तो विशाल ग्रन्थ अध्ययन गर्न सबैलाई सुलभ पनि छैन र सम्भव पनि छैन । त्यसोहुँदा यस विशाल ग्रन्थका मूलधारलाई पक्रेर पाण्डप र कौरवबीच युद्ध हुनुअगि र त्यपछिका महत्वपूणर् घट्नाहरुका विवरण यहाँ प्रस्तुत गरिएका छन् ।
महाभारतको युद्ध हाम्रो जीवनको ऐना हो । जो मानवमूल्य अर्थात् सत्य, धर्म, शान्ति, प्रेम र अहिंसायुक्त जीवन बाँच्छ सफल हुन्छ र जो लोभ, पाप हिंसाजन्य कार्य गर्छ त्यसको जीवन विफल हुन्छ भन्ने कुरा यस ग्रन्थमा प्रस्टाइएका छन् ।
बाकीँ कुरा बुझ्न यो ग्रन्थ खरिद गरी सङग्रह गर्नस् ।

यस्तै अधिक पुस्तक छनोटका लागि हाम्रो पेजमा सर्च गर्नुहोला ।

पुस्तक छनोट गरी अर्डरको लागि म्यासेज बक्समा तपाईंको ठेगाना र सम्पर्क
नम्बर छोड्नुहोस् वा सिधा सम्पर्क गर्नुहोस् । नेपालभर होम डेलिभरीको व्यवस्था छ ।

Reviews

There are no reviews yet.

Be the first to review “यथार्थ महाभारत कथा (सरल नेपाली भाषामा )”

Your email address will not be published. Required fields are marked *